आयोजकलाई हराउँदै मनाङ फाइनलमा

झिलझिले (खेलदैनिक) । प्रतियोगिताको दावेदार मानिएको मनाङ मस्र्याङ्दी क्लब दोस्रो सताक्षी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक सताषीधाम स्र्पोटिङ्ग क्लबलाई १–२ ले हराउँदै मनाङ फाइनल प्रवेश गरेको हो ।

खेलको चौथो मिनटमै बिमल रानाको गोलबाट अग्रता लिएको मनाङले त्यसलाई धेरैबेर जोगाउन सकेन । खेलको २६ औं मिनटमा आयोजकका लागि रेजिन सुब्बाले बराबरी गोल फर्काएका थिए ।

उता दोस्रो हाफको ४७ औं मिनटमा मनाङका लागि बशाल राईले दोस्रो तथा निर्णायक गोल गरे । मंगलबारको खेलमा निर्णायक गोल गरेका मनाङका बिशाल राई खेलको म्यान अफ दि म्याच घोषित भए ।

अब उपाधिका लागि मनाङले बिहीबार अर्को दावेदार त्रिभुवन आर्मीसँग फाइनल खेल्नेछ ।

सताक्षीधाम स्र्पोटिङ्ग क्लब, झिलभिले झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...