हिमालयन शेर्पालाई चन्द्रागिरी गोल्डकपको उपाधि

काठमाडौं (खेलदैनिक) । प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले जित्न सफल भएको छ ।

उपाधि जित्ने क्रममा शेर्पाले फ्रेण्डस क्लबलाई ३–१ गोल अन्तरले हरायो । जित नजिक पुगेर पनि खेलको अन्त्यतिर सम्हालिन नसक्दा फ्रेण्डसले उपविजेतामा चित्त बुझाउन पुग्यो ।

खेलको ६३ औं मिनटमा लावलको गोलको अग्रता लिएको फ्रेण्डसले त्यसलाई अन्तिम समयसम्म जोगाउन सकेन । खेलको ९० औं मिनटमा भिसन गुरुङ्गले शेर्पाका लागि बराबरी गोल फर्काए ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि थप अतिरिक्त समय थपिएको थियो । जसअन्तरगत ९७ औं मिनटमा शेर्पाका लागि हेनरीले दोस्रो गोल गरे भने ११८ आंैं मिनटमा सेडरिक आवाले गोल गर्दै शेर्पालाई शानदार जितका साथ उपाधि विजेता बनाए ।

ब्राईट युथ क्लब, नैकापको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता शेर्पाले उपाधि सहित नगद ५ लाख रुपैयाँ हात पारेको छ भने भने उपविजेत ाबनेको फ्रेण्डसले २ लाख ५० हजार नगदमा चित्त बुझाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...