झापाको चुनौति पन्छाउँदै आर्मी फाइनलमा

(तस्विर गोलनेपाल डटकम)

झिलझिले (खेलदैनिक) । त्रिभुवन आर्मी क्लब दोस्रो सताक्षी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मीले रमपम झापा ११ लाई शून्यकाविरुद्ध ३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

आर्मीको जितमा स्टार फरवार्ड नवयुग श्रेष्ठले खेलको १३ औं रु ३६ औं मिनटमा गरी दुई गोल गरे । त्यस्तै थप एक गोल भने ७८ औं मिनटमा दिप लामाले गर्दै आर्मीको फाइनल यात्रा पक्का गरे ।

सोमबार पहिलो सेमिफाइनलमा दुई गोल गरेका नवयुग श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत मंगलबारको दोस्रो सेमिफाइनल खेल आयोजक सताषीधाम स्र्पोटिङ्ग क्लब र मनाङ मस्र्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।

सताक्षीधाम स्र्पोटिङ्ग क्लब, झिलभिले झापाको आयोजनामा जारी प्रतियोगिताको फाइनल आउँदो मंसिर ७ गते हुनेछ ।त्यसैगरी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...