नेपाली चलचित्र खेल्दैछन् फुटबलर अनिल ?

अनिलतर्फ क्यामर फोकस गर्दै फिल्म निर्माण पक्ष (घेराभित्र) । (तस्विर गोलनेपाल)

काठमाडौं (खेलदैनिक) । अन्तर्राष्ट्रिय फुटबलबाट भर्खरै सन्यास लिएका चर्चित पोखरेली फरवार्ड अनिल गुरुङ्ग नेपाली फिल्ममा अभिनय गर्न गईरहेको खबर बाहिर आएको छ ।

नजिकको स्रोतअनुसार नारायण पुरीको निर्देशनमा बन्न गईरहेको एक चलचित्रमा फुटबलर गुरुङ्ग मुख्य भूमिकामा देखिंदैछन् ।

त्यस्तै स्रोतका अनुसार अनिलले निर्माण पक्षबाट चलचित्र खेलेवापत पाउने पारिश्रमिक पनि लिईसकेको बुझिएको छ ।

अनिलको विदाई कार्यक्रममा देखिएकी एक नायिक (घेराभित्र) । (तस्विर गोलनेपाल)

त्यसका साथै अनिलको अभिनय रहने सो चलचित्रमा नेपालका पूर्व प्रशिक्षक कृष्ण थापाको पनि भूमिका रहने स्रोतले जनाएको छ ।

हालै एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न फिलिपिन्सविरुद्धको खेलपश्चात् अनिलको बिदाई कार्यक्रममा चलचित्रको निर्माण पक्ष अनिलतर्फ क्यामरा फोकस गरिरहेको देखिएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...