सडक बालबालिका विश्वकपमा सहभागी हुने नेपाली टोलीको घोषणा

सडक बालबालिका विश्वकपमा सहभागी हुने नेपाली खेलाडीहरु सामूहिक तस्विर खिचाउँदै ।

काठमाडौं (खेलदैनिक) । आगामी बर्ष रुसको राजधानी मस्कोमा हुने सडक बालबालिकाको विश्वकप फुटबलमा सहभागीता जनाउने नेपाली टोलीको घोषणा भएको छ ।

आइतबार सेल्टर आश्रय नेपाल, काठमाडौंले प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरेको हो ।

आश्रय नेपालले केही अघि मात्र खेलाडी छनौट गर्नका लागि एन्फाको प्राविधिक सहयोगमा लिगको आयोजना गरेको थियो ।

छनौट गरिएको नेपाली टोलीमा १४ खेलाडी तथा एक प्रशिक्षक रहेका छन् । सडक बालबालिका विश्वकपमा सहभागी हुने नेपाली टोलीको नामावली यसप्रकार छ ।

नेपाली टोली:

आरोन कार्की, मनविर लामा, बिकास तिमिल्सना, रोहन भुषाल, रमेश शाह, सचिन बिक, सन्तोष खत्री, हर्ष ठकुरी, पवन शाही, बिशाल बदी, राजु, रोशन कामी, राजु बदी, जिवेट कुमार थारु ।

प्रशिक्षक : राजन न्यौपाने


प्रतिक्रिया दिनुहोस

Loading...