मनाङ सताक्षी गोल्डकपको सेमिफाइनलमा

(तस्विर गोलनेपाल डटकम)

झिलझिले (खेलदैनिक) । दावेदार मानिएको मनाङ मस्र्याङ्दी क्लब दोस्रो सताक्षी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न रोमाञ्चक क्वाटरफाइनलमा अग्नी रुपन्देही ११ लाई टाईब्रेकरमा ४–१ ले हराउँदै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो ।

अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा रुपन्देही क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो । खेलको छैटौं मिनटमा सेडरिक आवाको गोलबाट अग्रता लिएको रुपन्देहीले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाउन सक्यो ।

दोस्रो हाफ शुरु भए लगतै ४९ औं मिनटमा मनाङका लागि डोना थापाले बराबरी गोल फर्काए । निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिनुपरेको थियो । जसमा मनाङले निर्णय आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगिता अन्तरगत सोमबारको पहिलो सेमिफाइनल खेल रमपम झापा ११ र त्रिभुवन आर्मी क्लब हुने आयोजकले जनाएको छ ।

सताक्षीधाम स्र्पोटिङ्ग क्लब, झिलभिले झापाको आयोजनामा जारी प्रतियोगिताको फाइनल आउँदो मंसिर ७ गते हुनेछ ।त्यसैगरी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...