संकटालाई स्तब्ध पार्दै फ्रेण्डस फाइनलमा

(तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । फ्रेण्डस क्लब, काठमाडौं नैकापमा जारी प्रथम चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा दावेदार मानिएको संकटा क्लबलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै फ्रेण्डस उपाधि नजिक पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको दुवै टोलीले दोस्रो हाफको ६९ औं मिनटमा सेगुनले फ्रेण्डसका लाििग एक मात्र निर्णायक गोल गरे । खेलमा निर्णायक गोल गरेका सेगुन म्यान अफ दि म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तरगत मंसिर ३ गते आइतबारको दोस्रो सेमिफाइनल खेल नेपाल आर्मी र हिमालयन शेर्पा क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले उपाधि सहित नगद ५ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार नगदका साथ ट्रफी पाउने छ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।

प्रतियोगिता भरिको बेस्ट प्लेयर र सर्वाधिक गोलकर्तालाई जनही ३० हजार रुपैयाँका दरले पुरस्कार दिइने आयोजकले जनाएको छ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...