हिमालयन शेर्पाको जितमा हेमनको दुई गोल

काठमाडौं (खेलदैनिक) । हिमालयन शेर्पा क्लब, चन्दागिरी, नैकापको आयोजनामा जारी प्रथम चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न खेलमा सशस्त्र प्रहरीको एपीएफलाई शून्यकाविरुद्ध ३ गोलले हराउँदै शेर्पा अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

शेर्पाको जितमा राष्ट्रिय खेलाडी हेमन गुरुङ्गले खेलको १४ औं र ७४ औं मिनटमा दुई गोल गरे । त्यस्तै थप एक गोल ८७ औं मिनटमा हेनरीले गरे । खेलमा शेर्पाका लागि दुई गोल गरेका हेमन गुरुङ्ग म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत मंसिर २ गते शनिबारको पहिलो सेमिफाइनल खेल संकटा क्लब र फ्रेण्डस क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले उपाधि सहित नगद ५ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार नगदका साथ ट्रफी पाउने छ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।

प्रतियोगिता भरिको बेस्ट प्लेयर र सर्वाधिक गोलकर्तालाई जनही ३० हजार रुपैयाँका दरले पुरस्कार दिइने आयोजकले जनाएको छ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...