अग्नी रुपन्देही क्वाटरफाइनलमा प्रवेश

(तस्विर गोलनेपाल डटकम)

झिलझिले (खेलदैनिक) । अग्नी रुपन्देही ११ दोस्रो सताक्षी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत बिहीबार सम्पन्न खेलमा रुपन्देहीले मोरङ्गलाई ३–१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको १५ औं मिनटमा सुनिल खड्काको गोलबाट शुरुवाती अग्रता लिएको मोरङ्गले त्यसलाई दोस्रो हाफमा जोगाउन सकेन ।

उता उत्कृष्ट पूर्नआगमन गरेको रुपन्देहीले तीनै गोल दोस्रो हाफमा गर्न सफल भएको थियो । खेलको ४८ औं मिनटमा रुपन्देहीका लागि सेडरिक आवाले बराबरी गोल फर्काए ।

त्यस्तै ७४ औं मिनटमा अमर डंगोलले रुपन्देहीका लागि दोस्रो गोल गरे भने खेलको अन्त्यतिर इन्जुरी समयमा बिजय धिमालले गोल गर्दै रुपन्देहीको जित सुनिश्चित गरे ।

रुपन्देहीले अब क्वाटरफाइनलमा आइतबार मनाङ्ग मस्र्याङ्गदी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत शनिबारको खेल दुई विभागीय टोली एपीएफ र नेपाल आर्मीबीच हुने आयोजकले जनाएको छ ।

सताक्षीधाम स्र्पोटिङ्ग क्लब, झिलभिले झापाको आयोजनामा जारी प्रतियोगिताको फाइनल आउँदो मंसिर ७ गते हुनेछ ।त्यसैगरी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...