बिमलको दुई गोलसँगै आयोजक सेमिफाइनलमा

(तस्विर गोलनेपाल डटकम)

झिलझिले (खेलदैनिक) । आयोजक सताषीधाम स्र्पोटिङ्ग क्लब, भिलझिले दोस्रो सताक्षी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत बिहीबार सम्पन्न खेलमा आयोजकले चर्च ब्वाईज युनाइटेड, काठमाडौंलाई शून्यकाविरुद्ध ३ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए तापनि दोस्रंो हाफमा आयोजक सताषीधामले ३ गोल गर्न सफल भएको थियो ।

अधिकांश राष्ट्रिय खेलाडी लिएर उत्रिएको आयोजकका लागि ४९ औं मिनटमा बिमल घर्तीमगरले पहिलो गोल गरे ।

त्यस्तै ६६ औं मिनटमा सुनिल बलले दोस्रो गोल गरे भने ७१ औं मिनटमा पून बिममले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आयोजकलाई सेमिफाइनलमा पुराए ।

बिहीबारको खेलमा आयोजकका लागि दुई गोल गारेका बिमल घर्ती मगर म्यान अफ दि म्याच घोषित भए । मगरले पुरस्कार स्वरुप १० हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत शुक्रबारको खेल रुपन्देही–११ र मोरङ्ग–११ बीच हुने आयोजकले जनाएको छ । सताक्षीधाम स्र्पोटिङ्ग क्लब, झिलभिले झापाको आयोजनामा जारी प्रतियोगिताको फाइनल आउँदो मंसिर ७ गते हुनेछ ।

त्यसैगरी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...