विवादका कारण रोकिएको मकवानपुर जिल्ला लिग फेरि सूचारु

हेटौँडा (खेलदैनिक) । गत असोज ४ गते चर्को विवादका कारण स्थगित भएको जिल्ला लिग फुटबल प्रतियोगिता कार्तिक २९ गते बुधबारदेखि पून सुचारु भएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडाको हुप्रचौरमा भएको जिल्ला लिग फुटबल प्रतियोगितामा आज भएको सेमिफाईनल खेलमा पदमपोखरी युथ क्लबलाइ १–० गोल अन्तरले पराजित गर्दै एफसी नामटार फाईनलमा प्रवेश गरेको छ ।

नामटारको तर्फबाट सुमन स्याङ्तानले एकमात्र निर्णायक गोल गरेको थिए । यस अघि असोज ४ गते एफसी इन्टरनेट सीटी र एफसी फापरबारी, बाग्मती गाउँपालिका बीचको खेलमा विवाद उत्पन्न हुँदा खेल रोकिन गएको थियो ।

खेल स्थगित हुँदा इन्टरनेटको १ गोल र फापरबारीको शुन्यको अवस्था थियो । बाँकी रहेको समय आज बिहान खेलाईएकोमा खेल गोलरहित सकिएपछि इन्टरनेट विजयी भएको छ ।

बिहीबार दोश्रो सेमिफाईनल दिउँसो ३ बजे सक्षम युवा क्लब, नेवारपानी विरुद्ध एफसी इन्टरनेट सिटीबिच हुनेछ । त्यस्तै जिल्ला लिगको फाईनल खेल मङ्सिर २ गते दिउँंसो १ बजे हुनेछ ।

जिल्ला लिगमा अहिलेसम्मकै सबैभन्दा बढी ३७ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैयाँ र उपबिजेताले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...