आर्मी चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

काठमाडौं (खेलदैनिक) । नेपाल आर्मी क्लब ब्राइट युथ क्लव, चन्दागिरी, नैकापको आयोजनामा जारी प्रथम चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा आर्मीले जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ५–३ ले हराउँदै क्वाटरफाइनलको यात्रा तय गर्यो ।

बुधबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका आर्मीका गोलरक्षक गन्दिप खड्का म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार स्वरुप ३ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत कार्तिक ३० गते बिहीबारको खेल अर्को विभागीय टोली नेपाल पुलिस र संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेले उपाधि सहित नगद ५ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार नगदका साथ ट्रफी पाउने छ ।

प्रतियोगिता भरिको बेस्ट प्लेयर र सर्वाधिक गोलकर्तालाई जनही ३० हजार रुपैयाँका दरले पुरस्कार दिइने आयोजकले जनाएको छ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...