शानदार जितसहित एपीएफ क्वाटरफाइनलमा

(तस्विर गोलनेपाल डटकम)

झिलझिले (खेलदैनिक) । सशस्त्र प्रहरीको एपीएफ क्लब दोस्रो सताक्षी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत बुधबार सम्पन्न खेलमा एपीएफले डायमण्ड एकेडेमी, मध्यप्रदेश (भारत) लाई शून्यकाविरुद्ध ४ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

एकतर्फी जित हात पारेको खेलमा एपीएफका लागि खेलको ३१ औं मिनटमा रुप बहादुर लामाले शुरुवाती गोल गरे ।पहिलो हाफमा १–० को अग्रता लिएको एपीएफले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको थियो ।

खेलको ६४ औं मिनटमा श्याम नेपालीले एपीएफका लागि दोस्रो गोल गरे भने ७३ औं मिनटमा रन्जन बिष्टले तेस्रो गोल गरे । त्यस्तै ८१ औं मिनटमा नविन लामाले चौथो गोल गर्दै विभागीय टोलीलाई शानदार जित दिलाए ।

बुधबारको खेलमा शुरुवाती गोल गरेका एपीएफका रुप बहादुर लामा म्यान अफ दि म्याच घोषित भए । लामाले पुरस्कार स्वरुप १० हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत बिहीबारको खेल आयोजक सताषीधाम स्र्पोटिङ्ग क्लब, झिलझिले र चर्च ब्वाईज युनाइटेड, काठमाडौंबीच हुनेछ ।

सताक्षीधाम स्र्पोटिङ्ग क्लब, झिलभिले झापाको आयोजनामा जारी प्रतियोगिताको फाइनल आउँदो मंसिर ७ गते हुनेछ ।त्यसैगरी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...