तेस्रो हेटौडा गोल्डकपको विजेतालाई पाँच लाख

प्रतियोगिताबारे जानकारी गराउँदै आयोज ।

हेटौडा (खेलदैनिक) । गत २०७२ सालको महाभूकम्पमा ज्यान गुमाएका स्वर्गीय खेलपत्रकार सुमन बम्जनको स्मृतिमा आयोजना हुने तेस्रो हेटौडा गोल्डकपको विजेताले उपाधिसहित नगद ५ लाख प्राप्त गर्ने भएको छ ।

सुमन बम्जन मेमोरियल स्पोर्टस् फाउण्डेशनको आयोजनामा हुने प्रतियोगितामा ७ ए डिभिजन क्लब र एक विदेशी क्लबसहित कुल ८ टोलीको सहभागिता रहनेछ ।

आउँदो पौष ८ गतेदेखि हेटौडामा शुरु हुन गईरहेको प्रतियोगिताको उपविजेताले ३ लाख हात पार्नेछ ।

त्यस्तै प्रतियोगिताभरिको उत्कृष्ट खेलाडीले २५ हजार नगद प्राप्त गर्नेछ भने प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद ५ हजार प्राप्त गर्नेछ ।

प्रतियोगितालाई सफलताका साथ सम्पन्न आयोजक संस्थाका अध्यक्ष भेष खड्गीले सबैलाई सहयोग र समर्थन गर्न समेत आग्रह गरे ।

 


प्रतिक्रिया दिनुहोस

Loading...