राष्ट्रिय टोलीबाट अनिलको बिदाई

काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप छनौट अन्तरगत मंगलबार नेपालले फिलिपिन्सविरुद्ध बराबरी खेलेपश्चात धेरैको ध्यान कप्तान अनिल गुरुङ्गतर्फ मोडियो ।

फिलिपिन्सविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका अनिलले अन्तत्र फुटबललाई बिट मारेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीमा आफ्नो एक दशकको यात्रा पूरा गर्ने क्रममा ५० क्याप जितेका यी पोखरेली फरवार्डले ९ अन्तर्राष्ट्रिय गोल समेत गरे ।

एन्फा कम्प्लेक्समा अनिललाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले विशेष सम्मान गरे । साथै उनलाई फुटबल समर्थकहरुले पनि विशेष मायाको चिनोसहित सम्मान गरेका थिए ।

मंगलबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा राष्ट्रिय टोलीबाट सन्यास लिएका अनिलले सबैलाई धन्यवाद दिए । साथै उनले नेपाली राष्ट्रिय फुटबल टोलीलाई सधै मिस गर्ने समेत बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...