नेपालले फिलिपिन्सलाई बराबरीमा रोक्यो

फिलिपिन्स विरुद्ध भिड्नु अघि सामूहिक तस्विर खिचाउँदै नेपाली टोली । (तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप छनौट अन्तरगत नेपालले आफ्नो पाँचौ खेलमा फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको छ ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न समूह एफ तर्फको उक्त खेलमा निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

यसअघिका खेलहरुमाभन्दा केही सुधारिएको प्रदर्शन गरेको नेपालले गोल गर्न भने सकेन । बराबरीपछि दुवै टोलीले १–१ अंक बाँडेका छन् ।

मंगलबारको नतिजासँगै ५ खेलबाट ९ अंक जोडेको फिलिपिन्स शिर्ष स्थानमा छ । र फिलिपिन्सको अन्तिम चरणमा छनौट हुने सम्भावना बलियो बनेको छ । एक खेल कम खेलेको यमन र ताजिकिस्तान समान ६–६ अंकका साथ क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।

यता समूह चरणबाटै बाहिरिसकेको नेपाल भने पाँच खेलबाट २ अंक जोड्दै पुछारमा छन् ।

छनौट चरण अन्तर्गत अब नेपालले आफ्नो अन्तिम खेलमा आगामी २७ मार्चमा यमनसँग दोहा, कतारमा खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...