नेपाल र फिलिपिन्सबीचको पहिला हाफ बराबरी

फिलिपिन्स विरुद्ध भिड्नु अघि सामूहिक तस्विर खिचाउँदै नेपाली टोली । (तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप छनौट अन्तरगत नेपालले फिलिपिन्स विरुद्ध मंगलबार जारी खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेको छ ।

केही सुधारिएको प्रदर्शन गरे तापनि नेपालले फिलिपिन्सविरुद्ध खासै डरलाग्दो पोष्ट आक्रमण गर्न सकेको छैन ।

आज राष्ट्रिय टोलीबाट अन्तिम खेल खेल्ने तयारीमा रहेका अनिल गुरुङ्ग र अष्ट्रेलियाबाट आएका जगजित श्रेष्ठ नेपाली टोलीको पहिलो सेटमा छैनन् ।


प्रतिक्रिया दिनुहोस

Loading...