
(तस्विर गोलनेपाल डटकम)
काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप छनौट अन्तरगत समूह एफ को पुछारमा रहेको नेपालले आज शिर्ष स्थानमा रहेको फिलिपिन्ससँग घरेलु मैदानमा खेल्दैछ ।
छनौट चरणको शिर्ष स्थानमा रहेको फिलिपिन्ससँग छनौट चरणबाट बाहिरिसकेको नेपाल आज प्रतिष्ठाका लागि खेल्नेछ ।
फिलिपिन्सका प्रशिक्षक थोमस डुलेले नेपालविरुद्धको खेल अति महत्वपूर्ण रहेको बताईसकेका छन् ।
उता नेपालले पनि फिलिपिन्सविरुद्ध उत्कृष्ट खेल्दै निश्चित जित हात पार्ने विश्वास लिएको छ ।
नेपाल र फिलिपिन्स ५ पटक आमने–सामने भएका छन् । जसमा नेपालले एक खेलमा जित हात पारेको छ भने फिलिपिन्सले ४ खेलमा जित हात पारेको छ । त्यस्तै नेपालले फिलिपिन्सविरुद्ध २ गोल गरेको छ भने १४ गोल खाएको छ ।
खेल आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा दिनको २ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ ।