फिलिपिन्सका प्रशिक्षक भन्छन “नेपाललाई हराउन उत्कृष्ट खेल्नेछौं “

पत्रकार सम्मेलनमा बोल्दै फिलिपिन्सका कप्तान फिल योङहसबन्ड (बाँया) तथा प्रशिक्षक थोमस डुले । (तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप छनौट अन्तरगत नेपालसँग भिड्न लागेको फिलिपिन्सका प्रशिक्षक थोमस डुलेले नेपालविरुद्धको खेल महत्वपूर्ण रहेको बताएका छन् ।

एसियन कप छनौट चरण अन्तरगत मंगलबार २ बजे एन्फा कम्प्लेक्समा भिड्न लागेको नेपाल र फिलिपिन्सविरुद्धको खेल अघि सोमबार आयोजित पत्रकार सम्मेलनमा फिलिपिन्सका प्रशिक्षक डुलेले यसो भनेका हुन् ।

प्रशिक्षक डुलेले नेपालविरुद्ध जित हासिल गर्न सके फिलिपिन्स एसियन कपको अन्तिम चरणका लागि छनौट हुने बताए । साथै यो अवसर फिलिपिन्स फुटबल कै लागि उत्कृष्ट रहने समेत उनले बताए ।

आयोजित पत्रकार सम्मेलनमा बोल्दै डुलेले भने “यदि यो खेल जितेको अवस्थामा हामी एसियन कपका लागि छनौट हुनेछौं । हामी यो खेल निश्चित जितका लागि खेल्नेछौं । हामीलाई थाहा छ यो अति महत्वपूर्ण खेल हो । हामी यो खेल जित्नका लागि आफ्नोतर्फबा सक्दो उत्कृष्ट खेल्नेछौं ।”

पत्रकार सम्मेलनमा उनले एन्फा कम्प्लेक्समा खराब प्रकाशमा रहेर अभ्यास गर्नुपरेको कुरालाई सामाजिक सञ्जालबाट लेखेको प्रति आफ्नो मनसायलाई लिएर समेत माफी मागेका थिए ।

साथै उनले नेपाली फुटबलले पनि राम्रो प्रगति गरिरहेको बताउँदै नेपालविरुद्धको खेल उसकै घरेलु मैदानमा खेल्दा कठिन हुने समेत बताए ।

उता फिलिपिन्सका कप्तान तथा मुख्य खेलाडी फिल योङहसबन्डले पनि नेपालविरुद्धको खेल निकै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए ।

 


प्रतिक्रिया दिनुहोस

Loading...