खप्तड गोल्डकप पौषमा, विजेतालाई ११ लाख

(तस्विर गोलनेपाल डटकम)

धनगढी (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ एन्फाले प्रतिष्ठित सुदुरपश्चिम खप्तड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको मिति तय गरेको छ ।

आउँदो पौष २१ गतेदेखि शुरु हुने प्रतियोगितामा नेपाली र बिदेशी गरी उत्कृष्ट टोलीहरुको सहभािगता रहने आयोजकले जनाएको छ ।

त्यस्तै यस संस्करणदेखि प्रतियोगिताको पुरस्कार राशी पनि बढाइएको आयोजकले यसअघि नै बताईसकेको छ ।

यसपटक उपाधि विजेताले नगद ११ लाख प्राप्त गर्नेछ । जुन पुरस्कार राशी मोफसल कै सबैभन्दा ठूलो पुरस्कार राशी हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...