अष्ट्रेलियामा गुर्खालाई माछापुच्छ्रे कपको उपाधि

काठमाडौं (खेलदैनिक) । गुर्खा फुटबल क्लब, ब्रीसबेनले अष्ट्रेलियामा सम्पन्न जी फाईव माछापुच्छ्रे कप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

सिड्नीमा भएको फाइनल भिडन्तमा गुर्खाले फेवा एफसीलाई हराउँदै उपाधि जित्न सफल भयो । विजेता गुर्खाले उपाधिसहित ३ हजार अष्ट्रेलियन डलर प्राप्त गर्यो भने उपविजेता बनेको फेवाले १५ सय डलरमा चित्त बुझायो ।

त्यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल सेन्ट जर्ज एफसीले सान्त्वयना स्वरुप ५ सय अष्ट्रेलियन डलर हात पार्यो ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...