आयोजकलाई च्यालेञ्ज कपको उपाधि (फोटो फिचर्स)

बुट्टाबारी (खेलदैनिक) । बिर्तामोड युनाइटेडलाई हराउँदै दोस्रो न्यू स्टार च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आयोजक न्यू स्टार क्लबले जितेको छ ।

शनिबार सम्पन्न फाइनल भिडन्तमा आयोजक न्यू स्टारले बिर्तामोडलाई २–० ले हराउँदै उपाधि रक्षा गर्न सफल भएको हो ।

आयोजक न्यू स्टारको जितमा सन्जोग राई र सोना ल्म्बिुले १–१ गोल गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता पनि सोना लिम्बु नै घोषित भए ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आयोजकका सविन लिम्बू, म्यान अफ दी टुर्नामेन्ट आयोजककै सञ्जोग राई र आयोजककै सन राई बेस्ट डिफेन्डर घोषित भए ।

त्यसैगरी बिर्तामोडका योगेश गुरुङ बेस्ट फरवार्ड घोषित भ एभने आयोजकका हिशुव थपलियाले बेस्ट मिडफिल्डरको पुरस्कार जिते । उनीहरुलाई जनही नगद ५ हजारसहित ट्रफी प्रदान गरियो । फाइनल खेलको म्यान अफ दी म्याच आयोजकका सनम लिम्बू घोषित भए ।

प्रतियोगिताको विजेता न्यू स्टार क्लबले उपाधिसहित नगद ५१ हजार र ट्रफी हात पार्यो भने उपविजेता बिर्तामोड युनाइटेडले नगद ३१ हजार र ट्रफीमा चित्त बुझायो ।

पुरस्कार टिम र खेलाडीहरुलाई समाजसेवी रामकुमार कन्दङ्वा, पवित्रा खरेल, बुद्धराज लिम्बू, गोपाल घिमिरे, आशिष वनलगायतले पुरस्कार प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...