प्रथम चन्द्रागिरि गोल्डकप कार्तिक २८ देखि, विजेतालाई ५ लाख

प्रतियोगिताबारे पत्रकार सम्मेलनमा जानकारी गराउँदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । ब्राइट युथ क्लव, चन्दागिरी नगरपालिका नैकापको आयोजनामा यहि कार्तिक २८ गतेदेखि प्रथम चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा आयोजक टोली र सात ए डिभिजन क्लव सहित कुल ८ टोलीहरुको सहभागिता रहनेछ भने प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुनेछ ।

प्रतियोगितामा सहभागिता जनाउने टोलीहरु नेपाल आर्मी, नेपाल पुलिस, एपिएफ, संकटा क्लब, हिमालयन शेर्पा, फ्रेन्डस् क्लब, जावलाखेल युथ क्लब र आयोजक ब्राइट युथ क्लव रहेका छन् ।

काठमाडौंमा पहिलो पटक निजी स्तरको क्लवले ए डिभिजन फुटवल प्रतियोगिताको आयोजना गरेर गरेर इतिहास रच्न लागेको आयोजक क्लबका अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी रमेश बुढाथोकीले बताउनु भयो ।

प्रतियोगितामा प्रथम हुनेले उपाधि सहित नगद ५ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार नगदका साथ ट्रफी पाउने छ ।

प्रतियोगिता भरिको बेस्ट प्लेयर र सर्वाधिक गोलकर्तालाई जनही ३० हजार रुपैयाँका दरले पुरस्कार दिइने आयोजकले जनाएको छ । त्यस्तै अन्य व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...