चर्ज व्याईजलाई माउण्ट स्टार कपको उपाधि

उपाधिसहित चर्च ब्वाईजका खेलाडीहरु ।

बुटवल (खेलदैनिक) । चर्ज ब्वाईज युनाइटेड काठमाडौले चौथो माउण्ट स्टार नकआउट फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा नारायणगढ फुटवल क्लवलाई ३–१ ले हराउँदै चर्च व्वाईजले उपाधि हात पारेको हो ।

माउण्ट स्टार क्लव बुटवलको आयोजनामा नहरपुर माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा चर्च व्वाईजका राज पौडेलले पहिलो हाफको ४२ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए ।

उता प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै नारायणगढका लागि शिखर उप्रेतीले दोश्रो हाफको ११ मिनेटमा शिखर बराबरी गोल फर्काएका थिए ।

यद्यपि दोस्रो हाफमा थप आक्रमक देखिएको चर्च ब्वाईजका लागि दोस्रो हाफको ३५ औं मिनटमा मार्टिन्सले दोस्रो गोल गरे भने लगतै ३९ औं मिनटमा जङ्गबु शेर्पाले चर्च ब्वाईजका लागि तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

उपाधिसहित चर्च ब्वाईजले नगद २ लाख ५ हजार नगद पुरस्कार हात पारेको छ भने उपविजेता नारागणगढले १ लाख १ हजारमा चित्त बुझाएको छ ।

त्यसैगरी सेमिफाईनलमा पुगेका टिम राधाकृष्ण युवा क्लव बुटवल र भैरव स्पोटर््स क्लव नवलपरासीले पनि २५–२५ हजार प्राप्त गरेका छन् ।

प्रतियोगिताभरि कुल ६ गोल गरेका चर्च ब्वाईजका मार्टिन्सले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारे ।

त्यसैगरी प्रतियोगिता भरिको उत्कृष्ट खेलाडी चर्च ब्वाईजकै बिशाल गुरुङ्ग घोषित भए भने उत्कृष्ट गोलरक्षक पनि चर्च ब्वाईज कै बाबु मगर घोषित भए ।

त्यसैगरी उत्कृष्ट डिफेन्डर नारायणगढका अजय पौडेल घोषित भए भने फेयर प्ले अवार्ड जनज्योति युवा क्लव डिङनगरले हात पार्यो ।

कार्तिक १० गतेबाट संचालन भएको प्रतियोगितामा रुपन्देही, काठमाडौं, कपिलवस्तु र नवलपरासीका गरी कुल १६ टिमको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...