नारदमुनी गोल्डकपको उपाधि ब्वाईज युनियनलाई

उदयपुर (खेलदैनिक) । छैटौं नारदमुनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि ब्वाईज युनियन क्लब, काठमाडौंले जितेको छ ।

शुक्रबार बसाहा, उदयपुरमा सम्पन्न फाइनल खेलमा ब्वाईज युनियनले अग्नी रुपन्देही–११ लाई शून्यकाविरुद्ध २ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

उपाधिसहित ब्वाईज युनियनले नगद २ लाख हात पारेको छ भने उपविजेता बनेको रुपन्देहीले १ लाखमा चित्त बुझाएको छ ।

बसाहा क्लब उदयपुरको आयोजनामा यहि कार्तिक १७ गतेदेखि शुरु प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको थियो ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...