संकटाले जित्यो राइनो संरक्षण गोल्डकप

उपाधिसहित संकटाका खेलाडीहरु ।

काठमाडौं (खेलदैनिक) । संकटा क्लब, काठमाडौंले नन्दभाउजू उपभोक्ता समिति, मध्यविन्दु नगरपालिका–२, नवलपरासीको आयोजनामा सम्पन्न राईनो संरक्षण गोल्डकपको उपाधि जितेको छ ।

बिहीबार सम्पन्न रोमाञ्चक फाइनल भिडन्तमा संकटाले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई सडेन डेथमा हराउँदै उपाधि जित्न सफल भएको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले रोमाञ्चक बराबरी खेलेका थिए ।

प्रतियोगिताको विजेता संकटाले उपाधिसहित रु ५ लाख २५ हजार ५ सय ५५ हात हात पारेको छ भने उपविजेत ाबनेको एपीएफले रु २ लाख ५० हजार ५ सय ५५ रुपैयामा चित्त बुझाएको छ ।

खेलकुदको माध्यमबाट युवाहरुमा बन्यजन्तु एंवम वातावरण संरक्षण चेतनाको बिकास र बिस्तार गर्ने, प्रतिभान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्ने, खेलकुद तथा पर्यटनको संरक्षण गरी आन्तरिक बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...