तेस्रो मेची नेत्रालय काकरभिट्टा गोल्डकपको विजेतालाई ८ लाख

काकरभिट्टा (खेलदैनिक) । तेस्रो मेची नेत्रालय काकरभिट्टा गोल्डकपको उपाधि विजेताले उपाधिसहित नगद ८ लाख हात पार्ने भएका छन् ।

यो उपाधि रकम मोफसल कै सर्वाधिक ठूलो हुने आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका अध्यक्ष मिन बस्नेतले बताए ।

बढाईएको पुरस्कार रकमबारे बोल्दै अध्यक्ष बस्नेतले भनेका छन् हामीले यसपटक पुरस्कार रकममा बृद्धि गर्ने निर्णय गरेका छौं । जसअनुसार उपाधि विजेताले नगद ८ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ४ लाख १ हजार प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार वा मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षकका लागि खेलप्रेमी भद्रमाया बस्नेतले २५ हजार उपलब्ध गराउने भएकी छिन् भने उच्च गोलकर्ताका लागि मेची नेत्रालयका नवराज प्रधानले २५ हजार उपलब्ध गराउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक मेची नेत्रालय रहेको छ भने दोस्रो पुरस्कार प्रायोजन नरेन्द्र मेचेले गर्ने भएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...