पाचौ नदिपुर कप पुसको अन्तिम साता

पोखरा (खेलदैनिक) । नदिपुर फुटवल क्लवको आयोजनामा पाँचौ नदिपुर कप सेभेन ए साईड फुटवल प्रतियोगिताको आयोजना हुने भएको छ ।

नदिपुर क्लवले बर्षेनी आयोजना गर्दै आएको नदिपुर कप यस वर्ष देखि क्लवका सदस्य स्वर्गीय ईन्द्र पुन र ललित पुनको स्मृतिमा प्रतियोगिता हुन लागेको हो ।

आगामी पुषको २४ देखि २९ गते सम्म नदिपुर स्थित नगर प्रशिक्षण खेलमैदानमा पाचौ सस्करणको नदिपुर कपको आयोजना हुने नदिपुर फुटवल क्लवका अध्यक्ष शिव पौडेलले जानकारी दिए ।

प्रतियोगितामा बिजेताले १ लाख १ सय ११ र उपबिजेताले ५० हजार ५ सय ५५ नगद, मेडल र ट्रफी प्राप्त गर्नेछन ।

त्यसैगरी प्रतियाेिगतामा वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट किपरले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता सयोजक निशान शेरचनले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजक नदिपुर जापान, उप प्रायोजक नदिपुर साउदी रहेको क्लवका कोषाध्यक्ष अमन पुनले वताए ।


प्रतिक्रिया दिनुहोस

Loading...