दोश्रो सताक्षी गोल्डकपको तयारी शुरु

झापा (खेलदैनिक) । माईपश्चिम झापाको हाल सम्मकै ठुलो राशिको फुटबल प्रतियोगिता दोश्रो सताक्षी गोल्डकपको तयारी शुरु भएको छ ।

शिवसताक्षी नगरपालिका ११ झिलझिले स्थित गणेशमान सिंह प्राविधिक शिक्षालयको खेलमैदानमा आउँदो कात्तिक २८ देखि मंसिर ७ गते सम्म हुने प्रतियोगिताको तिव्र तयारी हुन थालेको आयोजक सतासीधाम स्पोर्टिङ क्लवले जनाएको छ ।

पहिलो संस्करणको भव्य सफलता पछि आयोजकले दोश्रो संस्करणका लािग तयारी शुरु गरेको आयोजक समितिका उपाध्यक्ष फुर्वा तामाङ्गले वताए ।

तिनसाता पछि हुने सो प्रतियोगिताका लागि आयोजकले पहिलो चरणको मैदान सम्याउने, झार काट्ने र घेरावारा गर्ने काम सम्पन्न गरेको छ । यस्तै दोश्रो चरणको मैदान सम्याउने र झार काट्ने काम पनि तिव्ररुपमा भईरहेको आयोजक समितिले जनाएको छ ।

सतासीधाम स्पोर्टिङ क्लवको आयोजनामा भएको पहिलो संस्करणको गोल्डकपबाट आयोजकले २१ लाख ४२ हजार खुद मुनाफा आर्जन गरेको थियो । मुनाफा मध्येको केहि रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च भएको र वचेको नगदवाटै दोश्रो संस्करणको चालु खर्च गरिने आयोजक समितिले जनाएको छ ।

पहिलो संस्करणमा आयोजकले ४७ लाखको अनुमानित वजेट तयार गरेको थियो । आयोजकले लक्ष्य भन्दा १९ प्रतिसत वढी प्रगति गरेको आयोेजक समितिका आर्थिक विभाग प्रमुख गणेश प्रधानले वताए ।

आयोजकले ५ हजार दर्शक वस्न सक्ने अस्थायी प्यारापिट निर्माण पनि शुरु गरेको छ । मैदानको चारैतर्फ प्यारापिट निर्माण हुने छ भने आकर्षक डिजाईनको स्टेज निर्माणको तयारी आयोजकले गरेको छ ।

पुर्वपश्चिम राजमार्गका प्रतियोगिताका अतिथी, खेलाडी तथा दर्शकको स्वागतार्थ द्धार निर्माण हुने छ । प्रतियोगिता सम्पन्न गर्न आयोजकले विभिन्न उपसमिति गठन गरि युद्धस्तरमा काम अघि वढाएको आर्थिक विभागका सचिवालय सचिव गणेश घिमिरेले वताए ।

आयोजक समितिका सचिव भाग्य सुव्बाका अनुसार भारतको १ सहित नेपालका ७ वटा ए डिभिजनका टिमले दोश्रो सताक्षी गोल्डकपमा सहभागी जनाउने छन ।

यस्तै आयोजक र छिमेकी मोरङ्ग ११ पनि सहभागी हुने पक्का भएको छ । सुव्बाका अनुसार भारतको मध्य प्रदेश स्थीत डायमण्ड अफ फुटवल एकाडेमीले प्रतियोगितामा सहभागी जनाउने छ ।

यस्तै मनाङ्ग मस्र्याङ्गदी क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ, रुपन्देही ११, रमपम झापा ११ ले आयोजकसँग प्रतियोगीतामा सहभागी हुने सम्ंझौता गरेका छन । हिमालयन सेर्पा र संकटा क्लव मध्ये एउटा टिमले दोश्रो सताक्षी गोल्डकपमा सहभागी हुने तय भएको छ । पहिलो संस्करणको उपाधि नेपाल पुलिसले हात पारेको थियो ।

प्रतियोगिता विजेताले नगद ५ लाख सहित दोश्रो सताक्षी गोल्डकपको ट्रफी उचाल्ने छ । यस्तै उपविजेताले २ लाख ५० हजार नगद सहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछ ।

यसैगरी, प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद १० हजारले पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ । सर्वाधिक गोलकर्ताले नगद २५ हजार हात पार्नेछ ।, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मिड फिल्डर , स्ट्राईकर, डिफेन्सलाई जनही २० हजार नगद प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

यता, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारले पुरस्कृत गरिने आयोजक समितिले जनाएको छ । प्रतिष्ठित कम्पनीसंग कुरा भई रहेको छ यदि दाता पक्षले सहमति जनायो भने सर्वोत्कृष्ट खेलाडीले पाउने ५० हजार जोडेर वाईक पाउन सक्ने आयोजक समितिका उपाध्यक्ष तामाङ्गले वताए ।

प्रतियोगितामा कुल ८१ लाख लागतको वजेट आयोजकले यस अघि सार्वजनिक गरेको थियो । प्रस्तुत वजेट गेट मनि, विभिन्न संघसंस्थाबाट सहयोग, सरकारी निकाय, विदेशमा रहेका प्रवासी नेपाली, स्थानीयबासी दाताहरुबाट हुने आर्थिक सहयोग नै आयोजकको मुख्य श्रोत भएको वताईएको छ । आयोजकले ४९ लाख ५० हजार खर्च गरि ३१ लाख ५० हजार बचत गर्ने लक्ष्य लिएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...