बयरवन कपमा उर्लाबारीको बिजयी सुरुवात

म्यान अफ दि म्याचको पुरस्कार ग्रहण गर्दै उर्लाबारीका बिजय धिमाल ।

पथरी (खेलदैनिक) । सोमबारदेखि मोरङको बयरबनमा सुरु पुर्वाञ्चल स्तरीय दोस्रो बयरबन कप २०७४ फुटबल प्रतियोगितामा उर्लाबारी ट्रेनिङ सेन्टरले बिजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा आयोजक बयरबन युवा जमातलाई ट्राईबेकरमा १ बिरुद्ध ३ गोल गर्दै उर्लाबारी ट्रेनिङ सेन्टर बिजयी भएको हो ।

निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी शुटआउट लिनु परेको थियो ।

खेलमा उर्लाबारी ट्रेनिङ सेन्टरका बिजय धिमाल, निरज बस्नेत र मिक्चेन तामाङले १–१ गोल गरे भने आयोजकका बिजय ढकालले २ गोल र अर्जुन माझीले १ एक गोलको योगदान दिए । खेलको म्यान अफ द म्याच उर्लाबारीका बिजय धिमाल घोषित भए ।

प्रतियोगिता अन्तरगत मंगलबारको खेल पथरी स्पोटिङ क्लव, पथरी र पशुपति फुटवल क्लव ईटहरी बिच हुने छ ।

बयरबन युवा जमातको आयोजनामा सुरू प्रतियोगितामा कुल ८ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको फाइनल खेल आउँदो कार्तिक १५ गते हुनेछ ।

जनता आधारभुत बिध्यालय कानेपोखरी ४ बयरबनको खुल्ला खेल मैदानमा हुने प्रतियोगिताको विजेता टोलीले उपाधिसहित नगद ५० हजार हात पार्ने छन् भने उपविजेताले ३० हजार हात पार्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...