माउण्ट स्टार कपको चौथो संस्करण कार्तिक १० देखि

बुटवल (खेलदैनिक) । माउण्ट स्टार क्लब, बुटवल रुपन्देहीको आयोजनामा कार्तिक १० गतेबाट चौथो माउण्ट स्टार खुल्ला नकआउट फुटवल प्रतियोगिता २०७४ आयोजना गरिने भएको छ ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष सुमन गुरुङ्गले जानकारी दिए । खेल क्षेत्रको विकासका लागि प्रतियोगिता महत्वपूर्ण हुने भन्दै आफुहरु वर्षेनी खेलप्रेमीहरुबाट सहयोग जुटाएर प्रतियोगिता गराउदै आएको अध्यक्ष गुरुङ्गले बताए ।

यस संस्करणबाट प्रतियोगिताको पुरस्कार राशीसमेत वृद्धि गरिएको उनले बताए । यसपटक प्रथम पुरस्कार दुई लाख पाँच हजार तथा द्धितिय पुरस्कार १ लाख १ हजार रहने अध्यक्ष गुरुङ्गले जानकारी दिए ।

नहरपुर माविको खेल मैदानमा आयोजना गरिने प्रतियोगिता हेर्न दर्शकहरुलाई अस्थायी प्याराफिट समेत राखिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आयोजक क्लब सहित कुल १६ टोलीहरुको सहभागिता रहने समेत पत्रकार सम्मलेनमा जानकारी गराइयो ।

प्रतियोगितामा आयोजक टोलीसहित विभागीय टिम एपिएफ काठमाण्डौ, चितवन ११, हटौडा एफसी, चर्च ब्याईज युनाईटेड काठमाण्डौ, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, नव युवा साँस्कृतिक परिवार, देशभक्त युवा क्लब मगरमुडा, कपिलबस्तु युनाईटेड, भैरव स्र्पोटस क्लब नवलपरासी, फर्साटिकर युवा क्लब, सुनौलो संगम युवा क्लब, लिस्नु युवा क्लब, जनज्योती युवा क्लब, डिवाईसी कोटिमाई, गोर्खा ब्याईज क्लब रहेका छन ।

 


प्रतिक्रिया दिनुहोस

Loading...