एन्फाको चुनाव र ए डिभिजन लिग पनि सर्यो

काठमाडौं (खेलदैनिक) । सोमबार बसेको एन्फा कार्यसमिति बैठकले आन्तरिक तयारी नपुगेका कारण जनाउँदै आसन्न चुनाव २ साता पछि सारेको छ । यसअघि पुस २३ गतेका लागि तय भएको एन्फा कार्यसमितिको निर्वाचन अब माघ ११ गते हुनेछ ।

निर्वाचन समिति र उम्मेदवारहरुका लागि दावी बिरोधको समय आवश्यक भएकाले एशियाली फुटबल महासंघको स्वीकृतिमा चुनाव दुई साता सारिएको एन्फाले जनाएको छ ।

त्यसैगरी सोमबार बसेको एन्फाको कार्यसमिति बैठकले ४५ जिल्ला फुटबल संघहरुको अधिवेशन र निर्वाचन यहि कात्तिक २५ देखि मंसिर २५ गतेसम्म गरिसक्न सम्बन्धित जिल्ला संघहरुलाई निर्देशन दिएको छ ।

त्यसैगरी एन्फाले आगामी मंसिर १४ गतेदेखि सुरु गर्ने भनिएको ए डिभिजन लिग फुटबल प्रतियोगिता पनि दुई साता पछि सार्ने तयारी गरेको छ । यद्यपि यसबारे थप निर्णय अर्को बैठकमा लिने समेत एन्फाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...