उपाधि आयोजक धाइजन–चारआलीलाई

चारआली (खेलदैनिक) । मेचीनगर झापामा सम्पन्न पाँचौं भेट्रान च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि आयोजक धाइजन–चारआली भेट्रान फुटबल क्लवले जितेको छ ।

मेचीनगर १२ कालीझोडास्थित कालिका खेल मैदानमा बुधबार सम्पन्न फाइनल भिडन्तमा सुरुङ्गा भेट्रान क्लबलाई शुन्यका विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै आयोजक धाइजनले उपाधि जित्न सफल भएको हो ।

आयोजकको जितमा पहिलो हाफको छैटौं मिनेटमा रमेश गुरुङ्ले पहिलो गोल गरेका थिए । त्यस्तै जर्सी नम्वर १७ का प्रेम शेर्माले खेलको १४ औं र खेलको २४ औं मिनेटमा पून रमेश गुरुङ्ले गोल गर्दै आयोजकको जित सुनिश्चित गरे ।

खेलको उत्कृष्ट खेलाडी आयोजक क्लवका भूपेन लिम्बू, म्यान अफ दी म्याच सुरुङ्गाका दर्शनभक्त राज, प्रतियोगिता अवधिभरका सर्वाधिक गोलकर्ता आयोजकका रमेश गुरुङ्गलाई जनही नगद ५ हजार रुपैयाँसहित सम्मानित पुरस्कृत गरियो ।

प्रतियोगिताको विजयी टिम आयोजकलाई सानो संसार लेण्ड एण्ड हाउजिङ प्रालीका प्रकाश उप्रेती र क्यू एफ.एक्स वान स्टप सिनेमाका प्रोपाइटर मिजास पोखरेलले नगद राशी ५१ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरे ।

त्यस्तै उपविजेता बनेको सुरुङ्गालाई जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङ्ग र दोस्रो पुरस्कार सौजन्य गर्ने पूर्व राष्ट्रिय खेलाडी झापाका अर्जुन रिजालकी माता भीमकला रिजालले नगद राशी ३१ हजार रुपैयाँसहित ट्रफी, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...