आयोजक निलोलाई हराउँदै रारा फाइनलमा

मोरङ (खेलदैनिक) । मोरङको बेलबारी १० भाउनेको खेल मैदानमा जारी दोस्रो डाँगीहाट गोल्डकप २०७४ मा रारा एफसी, धनकुटा फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा आयोजक डाँगीहाट एफसी (निलो) लाई ४–२ ले हराउँदै रारा फाइनलमा प्रवेश गरेको हो ।

राराको जितमा सन्जोग राईले खेलको २२ औं मिनटमा पहिलो गोल गरे । पहिलो गोल गरेको केही मिनट नबित्दै योगेश गुरुङले खेलको २४ औं मिनटमा दोस्रो गोल गरे ।

त्यस्तै ३१ औं मिनटमा खामिर गिल्स्न कान्दंगवाले राराका लागि तेस्रो गोल गरे भने ४९ औं मिनटमा योगेश गुरुङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै जित सुनिश्चित गरे ।

त्यसैगरी आयोजक निलोका लागि खेलको ५६ औं मिनटमा देवराज राईले पहिलो गोल फर्काए भने अनिश घिमिरे ७३ औं मिनटमा दोस्रो गोल फर्काए । यद्यपि आयोजकको हार भने टार्न सकेनन् ।

खेलमा रारा एफसीका सन्जोग राई म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तरगत अब फाइनल खेल बुधबार आयोजक डाँगीहाट एफसी (रातो) र रारा एफसीबीच हुनेछ ।

नेपाल आईस बियर, बुद्घ एयर र दि रिवर ओबरसिजको प्रायोजनमा तथा डाँगीहाट युथ क्लवको आयोजनामा जारी गोल्डकप बिजेताले उपाधिससिहत नगद १ लाख ५१ हजार तथा उपबिजेताले नगद १ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...