लिगा वानमा जकार्ताको रवाफ, रोहितले गरे गोल (भिडियो सहित)

(तस्विर एजेन्सी) ।

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबलर रोहित चन्दको टोली पर्सिजा जकार्ताले इण्डोनेसियन सुपर लिगमा रवाफिलो जित हात पारेको छ ।

सुपर लिग अन्तरगत शनिबार भएको खेलमा जकार्ताले ग्रेसिक युनाइटेडलाई ५–० ले फराकिलो अन्तरले हरायो ।

जकार्ताको जितमा रुडी विडोडोले २ गोल गरे भने फित्र रिडवान, ब्रुनो लोपेज र रोहित चन्दले एक–एक गोलको योगदान दिए ।

शनिबारको जितसँगै २९ खेलबाट ४९ अंक जोडेको जकार्ता लिग तालिकाको छैठौं स्थानमा छ ।

यसरी गर्यो जकार्ताले पाँच गोल भिडियो हेर्नुहोस:


प्रतिक्रिया दिनुहोस

Loading...