शानदार जितसहित रारा एफसी सेमिफाइनलमा

रारा एफसीका खेलाडीहरु सामूहिक तस्विरमा । (तस्विर गोलनेपाल डटकम)

मोरङ (खेलदैनिक) । दोस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगितामा शानदार जितका साथ रारा एफसी, धनकुटा सेमिफाइनलमा प्रवेश गरेको छ ।

साइनो स्र्पोटिङ क्लब, मोरङलाई २ का विरुद्ध ५ गोलले हराउँदै रारा एफसी अन्तिम चारमा प्रवेश गरेको हो ।

राराको जितमा योगेश गुरुङले दुई गोल गरे । त्यस्तै विशाल राई, निराजन खड्का र बिरेन चेम्जोङले १–१ गोल गरे ।

उता पराजित टोली साइनोका लागि दिनेश राई र विशाल खवासले एक–एक गोल फर्काए । शनिबारको खेलमा रारा एफसीका योगेश गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

डाँगीहाट फुटबल क्लब, डाँगीहाट मोरङको आयोजनामा जारी प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको छ भने फाइनल आउँदो कात्तिक १ गते हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...