राष्ट्रिय खेलाडीले भरिएको आयोजक रातो अन्तिम चारमा

आयोजक डाँगीहाट एफसी (रातो) । (तस्विर गोलनेपाल डटकम)

मोरङ (खेलदैनिक) । आयोजक डाँगीहाट फुटबल क्लब (रातो) दोस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अधिकांश राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुलाई मैदानमा उतारेको आयोजक डाँगीहाट एफसीले बराह एफसी, उदयपुरलाई शून्यकाविरुद्ध ४ गोलले पराजित गर्यो ।

आयोजक रातोको जितमा राष्ट्रिय खेलाडी सुजल श्रेष्ठले दुई गोल गरे भने बिशाल राई र दिपक राईले १–१ गोल गरे । आयोजक रातोको जितमा दुई गोल गरेका सुजल श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए ।

डाँगीहाट फुटबल क्लब, डाँगीहाट मोरङको आयोजनामा जारी प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको छ भने फाइनल आउँदो कात्तिक १ गते हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...