आयोजक निलो डाँगीहाट गोल्डकपको सेमिफाइनलमा

मोरङ (खेलदैनिक) । आयोजक डाँगीहाट फुटबल क्लब (निलो) दोस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार मुनाल क्लब झापालाई प्रतिस्पर्धात्मक खेलमा २–१ ले हराउँदै आयोजक निलो अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

कर्ण लिम्बु, युगल किशोर राई जस्ता खेलाडीहरुलाई लिएर उत्रिएको मुनालले आफ्नो पराजयलाई भने टार्न सकेन ।

बिहीबारको खेलमा आयोजकका लागि एक्लैले दुई गोल गरेका अरुण लिम्बु म्यान अफ दि म्याच घोषित भए ।

डाँगीहाट फुटबल क्लब, डाँगीहाट मोरङको आयोजनामा जारी प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको छ भने फाइनल आउँदो कात्तिक १ गते हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...