उद्घाटन खेलमा आयोजकको फराकिलो जित

नवलपुर (खेलदैनिक) । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा सुरु प्रथम जिल्लास्तरीय फुटबल प्रतियोगिताको उद्घघाटन खेलमा आयोजक नवलपुर युनाइटेड ए ले विजयी सूरवात गरेको छ ।

उदघा्टन खेलमा आयोजक नवलपुरले भिमटार युवा क्लबलाई ८–१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

नवलपुरको जितमा कृष्ण भण्डारीले ४ गोल, अजय तामाङले २ गोल र सुजन माझीले २ गोल गरेका थिए ।

कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख एक हजार रुपैयाँ, प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले नगद ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो जिल्लामै पहिलोपटक सर्वाधिक राशिको फुटबल प्रतियोतिा भएको क्लबको दाबी छ । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १५ हजार र सर्वाधिक गोलकर्तालाई १५ हजार, बेस्ट किपरलाई १० हजार र बेस्ट डिफेन्डरलाई १० हजार प्रदान गरिने छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...