डाँगीहाट गोल्डकप सुरु, एपीएफको विजयी सुरुवात

एपीएफ झापाका खेलाडीहरु । (तस्विर गोलनेपाल डटकम)

मोरङ (खेलदैनिक) । बुधबारदेखि डाँगीहाट, मोरङमा सुरु दोस्रो डाँगीहाट गोल्डकपमा एपीएफ झापाले विजयी सुरुवात गरेको छ ।

उदघाटन खेलमा एपीएफ झापाले धरान–११ लाई ३–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

एपीएफको जितमा धन बहादुर श्रेष्ठ एक्लैले २ गोल गरे भने सुशिल राईले थप एक गोल गरे । उता पराजित धरानका लागि सुवर्ण लिम्बुले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलमा एपीएफका बुद्धिमान राई म्यान अफ दि म्याच घोषित भए । डाँगीहाट युवा क्लबको आयोजनामा शुरु प्रतियोगिताको विजेता टोलीले १ लाख ५१ हजार हात पार्ने छ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ ।

प्रतियोगितामा कुल ८ टोलीको सहभागिता रहेको छ भने फाइनल आउँदो कात्तिक १ गते हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...