सिक्किमको गभनर्स गोल्डकपमा मनाङको हार

(तस्विर : गोलनेपाल डटकमबाट)

काठमाडौं (खेलदैनिक) । नेपालको मनाङ मस्र्याङ्दी क्लब सिक्किमको प्रतिष्ठित ३७ औं गभनर्स गोल्डकपको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

वाई पाएर सिधै क्वाटरफाइनलमा प्रवेश पाएको मनाङले मंगलबार कलकत्ता कस्टमसँग १–० ले पराजित हुन पुग्यो । कलकत्ताका लागि खेलको ८९ औं मिनटमा एकमात्र गोल राजन बरमनले गरे ।

दोस्रो रोजाईका खेलाडीहरु लिएर पाल्जोर स्टेडियममा उत्रिएको मनाङका लागि निराजन मल्लले कप्तानी गरेका थिए ।

क्लबका अधिकांश मुख्य खेलाडीहरु एएफसी एसियन कप छनौट खेल खेल्न ताजिकिस्तान पुगेपछि प्रतियोगितामा सहभागिता जनाउने अन्यौलताका बीच मनाङ सिक्किम पुगेको थियो ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...