एएफसी एसियन कप छनौटमा नेपालको चुनौति समाप्त

फाईल फोटो । (तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप छनौट अन्तरगत ताजिकिस्तानसँग उसकै घरेलु मैदानमा पराजित हुँदै नेपालको चुनौति समाप्त भएको छ ।

मंगलबार हिसोर सेन्ट्रल स्टेडियममा समूह एफ तर्फको अवे खेलमा ताजिकिस्तानसँग ३–० गोल अन्तरले पराजित हुँदै नेपालको चुनौति समाप्त भएको हो । नेपालले तीन गोल पेनाल्टी गोलका रुपमा खान पुगेको थियो ।

तुलनात्मक रुपमा ताजिकिस्तानभन्दा निकै फितलो प्रदर्शन गरेको नेपालले कुनै पनि बेला विपक्षीको पोष्टमा गतिलो आक्रमण गर्न सकेन । नेपाली खेलाडीहरुमा आपसी तालमेलको पनि कमी पनि स्पष्ट रुपमा देखिन्थ्यो ।

 

 


प्रतिक्रिया दिनुहोस

Loading...