एसियाली फुटबल महासंघका अध्यक्ष नेपालमा

एएफसी अध्यक्ष खालिफालाई त्रिभुवन विमानस्थलमा स्वागत गरिंदै । (तस्विर एन्फा)

काठमाडौं (खेलदैनिक) । एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष शिख सलमान बिन इब्राहिम अल खालिफा दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

मंगलबार एएफसीका अन्य केही पदाधिकारीहरुका साथ नेपाल आइपुगेका अध्यक्ष खालिफालाई एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायत एन्फाका पदाधिकारीहरुले त्रिभुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

डेलिगेशनको क्रममा भुटान र भारत हुँदै नेपाल आइपुगेका अध्यक्ष खालिफाले नेपाली फुटबलबारे आवश्यक जानकारी लिने र भावी योजनाबारे सुझाव, सल्लाह र आवश्यक सहयोगबारे कुरा हुन सक्ने बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस

Loading...