एन्फाले नेपाली यु–१८ लाई नगदसहित सम्मान गर्ने

(तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१८ च्याम्पियनसिप विजेता नेपाली टोलीलाई नगद सहित सम्मानित गर्ने भएको छ ।

सोमबार बसेको एन्फाको विशेष साधारण सभाले नेपाली यु–१८ टोलीलाई जनही नगद २ लाखका दरले सम्मानित गर्ने निर्णय गरेको हो ।

हालै भूटानमा राउण्ड रोबिन लिगका आधारमा सम्पन्न साफ यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशलाई हेड टु हेडका आधारमा पछि पार्दै उपाधि जित्न सफल भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...