ताजिकिस्तान जाने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई

बिदाई पछि सामूहिक तस्विर खिचाउँदै नेपाली राष्ट्रिय फुटबल टोली ।

काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप छनौट अन्तरगत अवे खेल खेल्न ताजिकिस्तान जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई शुक्रबार बिदाई गरिएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रमका बिच ताजिकिस्तान जाने नेपाली टोलीलाई बिदाई गरिएको हो ।

नेपालले छनौट खेल अन्तरगत आउँदो मंगलबार (अक्टुबर १० तारीख) का दिन ताजिकिस्तानसँग उसकै घरेलु मैदान हिसोर सेन्ट्रल स्टेडियममा खेल्दैछ । सोही दिन सोही समूहमा रहेको यमनले फिलिपिन्ससँग कतारमा खेल्दैछ ।

ताजिकिस्तान जाने नेपाली टोली:

गोलकिपर: किरण चेम्जोङ, एलन न्यौपाने, बिकेश कुथु

डिफेन्डर: बिराज महर्जन देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, आदित्य चौधरी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल

मिडफिल्डर: रोहित चन्द, सुनिल बल, हेमन गुरुङ, हेमन्त थापा मगर, बिक्रम लामा, बिशाल राई, सुजल श्रेष्ठ

फरवार्ड: बिमल घर्ती मगर, नवयुग श्रेष्ठ, भरत खवास, जर्ज प्रिन्स कार्की, अन्जन बिष्ट

 


प्रतिक्रिया दिनुहोस

Loading...