ताजिकिस्तान जाने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (खेलदैनिक) । एएफसी एसियन कप छनौट २०१९ अन्तरगत ताजिकिस्तानविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबलको अन्तिम नामावली घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको २३ सदस्यीय नेपाली टोलीमा गोलकिपर विशाल श्रेष्ठलाई विस्थापित गर्दै एलन न्यौपानेले स्थान बनाउन सफल भएका छन् ।

त्यस्तै टोलीमा डिफेन्डर राजेन्द्र रावल पनि पर्न सफल भएका छन् भने सुमन लामा नेपालीबाट बाहिरिएका छन् ।

एसियन कप छनौट अन्तरगत नेपालले आउँदो मंगलबार (अक्टुबर १० तारीख) का दिन ताजिकिस्तानसँग उसकै घरेलु मैदान हिसोरमा अवे खेल खेल्दैछ ।

एन्फाले घोषणा गरेको २३ सदस्यीय टोलीमा आठ डिफेन्डर, सात मिडफिल्डर र पाँच फरवार्ड रहेका छन् ।

ताजिकिस्तान जाने २३ सदस्यीय नेपाली टोली

गोलकिपर: किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु

डिफेन्डर: बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ, राजेन्द्र रावल

मिडफिल्डर: रोहित चन्द, सुनिल बल, हेमन गुरुङ, बिक्रम लामा, बिशाल राई, हेमन्त थापा मगर, सुजल श्रेष्ठ

फरवार्ड: बिमल घर्ती मगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास, अन्जन बिष्ट

 

 


प्रतिक्रिया दिनुहोस

Loading...