गभनर्स गोल्डकपमा मनाङले सिधै क्वाटरफाइनल खेल्ने

(तस्विर गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । सिक्किममा हुने प्रतिष्ठित ३७ औं गभनर्स गोल्डकपमा नेपालको तर्फबाट मनाङ मस्र्याङ्दी क्लबले मात्र सहभागिता जनाउने भएको छ ।

यसअघि आयोजकले प्रतियोगिताको ३७ औं संस्करणमा मनाङसहित अर्को विभागीय टोली नेपाली आर्मीले सहभागिता जनाउने बताएको थियो ।

मनाङले अब प्रतियोगितामा रोयल सिक्किम युनाइटेड र कोलकाता कस्टम एससीबीचको विजेतासँग अक्टुबर १० तारीखका दिन सिधै क्वाटरफाइनल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...