इण्डोनेसियामा रोहितको टोलीको सहज जित

काठमाडौं (खेलदैनिक) । इण्डोनेसियामा व्यवसायिक फुटबल खेलीरहेका नेपाली राष्ट्रिय फुटबलर रोहित चन्दको टोली पर्सिजा जकार्ताले इण्डोनेसियन सुपर लिग (लिगा वान) मा जित हात पारेको छ ।

जित हात पार्ने क्रममा जकार्ताले पिएस टिएनआईलाई १ का विरुद्ध ४ गोलले पराजित गरेको छ ।

जितसँगै जकार्ता ४६ अंकका साथ लिग तालिकाको छैठौं स्थानमा छ । उता २७ खेलबाट ५६ अंक जोडेको भयङकारा शिर्ष स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...