स्वदेश फर्कियो साफ यु–१८ च्याम्पियनसिप विजेता टोली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामूहिक तस्विर खिचाउँदै नेपाली यु–१८ फुटबल टोली । (तस्विर : गोलनेपाल डटकम)

काठमाडौं (खेलदैनिक) । भुटानमा सम्पन्न साफ यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ ।

बिहीबार दिउँसो स्वदेश फर्किएका नेपाली यु–१८ फुटबल टोलीलाई एन्फाका पदाधिकारी तथा फुटबल समर्थकहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए ।

साफ यु–१८ च्याम्पियनसिप अन्तरगत बधबार भएको अन्तिम तथा निर्णायक गोलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतलाई २–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस

Loading...