यसरी गरेको थियो नेपालले भारतविरुद्ध गोल (भिडियो)

काठमाडौं (खेलदैनिक) । खराब सुरुवातका बावजुद डिफेन्डिङ च्याम्पियन नेपालले साफ यु–१८ च्याम्पियनसिपको उपाधि जित्न सफल भयो ।

निर्णायक मानिएको अन्तिम खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतलाई २–० पराजित गर्दै उपाधि जित्न सफल भयो ।

उपाधि रक्षा गर्ने क्रममा नेपालका लागि दिनेश हेन्जनले दुवै गोल गरे । समग्रमा नेपाली टोलीको प्रदर्शन पनि उत्कृष्ट रह्यो ।

यसरी हरायो नेपालले भारतलाई भिडियो हेर्नुहोस (स्रोत भुटान फुटबल फेडेरेशन):

 


प्रतिक्रिया दिनुहोस

Loading...